Information is intelligence
HomeNewsछुट्टाछुट्टै स्थानमा सडक दुर्घटनामा परि ४ को मृत्यु , २७ जना घाइते

छुट्टाछुट्टै स्थानमा सडक दुर्घटनामा परि ४ को मृत्यु , २७ जना घाइते

- Advertisement -spot_img

कञ्चनपुरमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने महेन्द्र राजमार्गअन्तर्गत गैँडाकोटको थुम्सीमा ट्रक र बस ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते भएको समाचार प्राप्त भएको छ।

बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

हिजो (सोमवार) साँझ अबेर सुपप्र ०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइकल ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै महेन्द्र राजमार्गअन्तर्गत गैँडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । त्यस्तै घाइतेमध्ये ३ जनाको गम्भीर रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् । थुम्सीको २३ स्मृति पुलनजिक निर्माण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु