Information is intelligence
HomeScience & Technologyफेसबुकमा जस्तै युट्युवमा ५०० सब्सक्राइबर भए स्टाटस राख्न पाइने

फेसबुकमा जस्तै युट्युवमा ५०० सब्सक्राइबर भए स्टाटस राख्न पाइने

- Advertisement -spot_img

युट्युबको कम्युनिटी पोस्ट यस्तो फिचर हो, जसबाट तपाईंले फेसबुकमा समाचार वा स्टाटस राखेजस्तो युट्युब च्यालनमा पनि पोस्ट गर्न सक्नुहुन्छ । यसका लागि क्रियटरको प्रोफाइलमा डेडिकेटेड कम्युनिटी ट्याब दिइएको हुन्छ ।

कहिलेकाहीँ तपाईंले त्यसलाई होम वा सब्सक्रिप्सन ट्याबमा समेत देख्न सक्नुहुनेछ । डिस्कसन ट्याबलाई विस्थापन गर्न यो फिचर डिजाइन गरिएको थियो । जुन अक्टोबर १२ देखि सबै च्यानलबाट औपचारिक रुपमा हट्नेछ ।

कम्युनिटी पोस्ट फिचर प्रयोग गर्न चाहने ५०० भन्दा कम सब्सक्राइबर भएका क्रियटरलाई समेत केही आशा जागेको छ । भविष्यमा त्यस्ता क्रियटरका लागि समेत यो फिचर उपलब्ध गराउन काम भइरहेको युट्युबले जनाएको छ । कम्पनीका अनुसार तपाईंले ५०० सब्सक्राइबरको थ्रेस होल्ड पुरा गरिसक्नु भएको छ भने पनि कम्युनिटी पोस्ट गर्न एकहप्ता जति कुर्नुपर्ने हुनसक्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु