Information is intelligence
HomeScience & Technologyनेपाल टेलिकमद्वारा मुस्ताङमा ‘थ्री जी’ सेवा विस्तार

नेपाल टेलिकमद्वारा मुस्ताङमा ‘थ्री जी’ सेवा विस्तार

- Advertisement -spot_img

मुस्ताङकाे प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ ।

उपल्लो मुस्ताङमा रहेका दुईवटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बाग्लुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बीटीएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टू जी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्री जी’ सेवा सुरु गरिएको उनले बताए ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बीटीएस टावर जडान गरिएको छ । टू जी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए ।

‘मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्री जी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्’, उनले भने, ‘ मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटवर्क विस्तार भएकाले अब समस्या हुँदैन ।’

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युतकाे पोलमा बीटीएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा बन्द नहुने प्रमुख शर्माले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु