Information is intelligence
HomePoliticsशोक प्रस्ताव पारित

शोक प्रस्ताव पारित

- Advertisement -spot_img

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्वसदस्य रुक्म शमशेर राणा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा राष्ट्रियसभामा मनोनीत सदस्य स्व राणा भारतका लागि पूर्वराजदूतसमेत हुनुहुन्थ्यो । उनि राष्ट्रिय खेलकूद परिषद्को पूर्वसदस्यसचिवसमेत थिए ।

उनको ८६ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको थियो । संविधानसभा सदस्य महतोको ७२ वर्षको उमेरमा यही भदौ २७ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी असोज ४ गते बिहान ११ बजे बस्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु