Information is intelligence
HomeShare Bazarआज नेप्से दोहोरो अंकले घट्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने...

आज नेप्से दोहोरो अंकले घट्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.५४ अंकले घटेर दुई हजार ९ सय २९ दशमलब २९ विन्दुमा पुगेको हो । 

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब १९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । सोमबार ९ अर्ब २९ करोड बराबरको कारोबार भएको थियो ।   

नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमुल्यमा आज पोजेटिभ सर्किट लागेको छ । 

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २७ करोड भन्दा बढीको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु