Information is intelligence
HomeSportsयुइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि सुरु हुँदै, कोको भिड्दै ?

युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि सुरु हुँदै, कोको भिड्दै ?

- Advertisement -spot_img

युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१–२२ मंगलबार (आज) देखि सुरु हुँदैछ ।  

पहिलो दिन समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’का विभिन्न ८ खेल हुदैछन् ।

समूह ‘एफ’ मा स्वीस क्लब योङ ब्वाइजले घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।  यही समूहको अर्को खेलमा स्पेनिस क्लब भिल्लारियलले घरेलु मैदानमा इटालियन क्लब एटलान्टासँग भिड्नेछ । 

समूह ‘जी’ मा स्पेनिस क्लब सेभियाले घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग खेल्दैछ । फ्रान्सेली क्लब लिलले जर्मन क्लब उल्फ्सबर्गलाई स्वागत गर्नेछ ।  
समूह ‘ई’ मा क्याटलान क्लब बार्सिलोना र जर्मन महारथी बायर्न म्युनिख आमने सामाने हुँदैछन् ।

यही समूहमा युक्रेनी क्लब डाइनामो किभले घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दैछ ।

समूह ‘एच’ मा साविक विजेता इंग्लिस क्लब चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सबर्गसँग घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्दैछ । 

यही समूहको अर्को खेलमा स्वीडिस क्लब माल्मो एफसीले इटालियन महारथी युभेन्ट्सको सामना गर्दैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु