Information is intelligence
HomePolitics‘माधव नेपालले वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्': ओली

‘माधव नेपालले वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्’: ओली

- Advertisement -spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन् ।  झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले फुटाएर जानेलाई जनताले भोट नहाल्ने बताएका हुन् ।  

‘माधव नेपालले त वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले किन भोट हाल्ने, एमाले फुटाएको भएर ?’ उनले भने ।   

ओलीले अहिले जताततै एमाले नै एमाले रहेको बताए । ‘जहाँ नेपाली, त्यहाँ एमाले, देशमा एमाले विदेशमा एमाले, खेतमा एमाले उद्योगमा, होटलमा एमाले, परेड खेल्ने ठाउँमा एमाले, पढ्ने ठाउँमा, पढाउने ठाउँमा एमाले, हरेक ठाउँमा एमाले’ उनले भने, ‘प्रतिक्रियावादीहरुको मुटु हल्लिएको छ । एमाले त्यत्तिकै  फुटाउन खोज्छन् ?’ 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु