Information is intelligence
HomeHealthराजधानी बाहिर पहिलो पटक भयो ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया

राजधानी बाहिर पहिलो पटक भयो ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया

- Advertisement -spot_img

काठमाडौं बाहिर भेरी अस्पतालका चिकित्सकले पहिलो पटक ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया गरेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।

रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल शल्यक्रिया गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले मात्र गर्ने गरेकोमा यस पटक नेपालगञ्जमा पनि सफलतापुर्वक गरिएको प्रमुख डा. थापाले बताए ।

उहाँका अनुसार अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. तिर्थेन्द्र खडकाको टोलीले सो शल्यक्रिया गरेको थियो । उहाँसहित चार जनाको टोलीले शल्यक्रिया गरेको हो । एसीएल, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया भएको हो ।

दुई महिना अघि प्रमिलाको बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो । पहाडी भेगको बाटोमा हिड्दा महिलाको घुँडामा रहेको तीन वटा नशामा असर परेको थियो । हिड्दा–हिड्दै खुट्टा बटारिने समस्याले उहाँलाई सताएको थियो । लिगामेन्टमा धेरै असर पर्दा हिँडन अप्ठयारो हुने गरेको शल्यक्रियामा सहभागी डा. खड्काले बताए ।

उहाँले थप्नुभयो–‘मल्टीलिगामेन्टको शल्यक्रिया भएपछि उहाँ सहजै हिंडडुल गर्न सक्नु हुन्छ, शल्यक्रिया नगरेको भए उहाँलाई बारम्बार खुट्टा दुख्ने र घुँडा पनि काट्नुपर्ने अवस्था आउन सक्थ्यो ।’

दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेको जनाउँदै डा. खड्काले तर मल्टीलिगामेन्टको शल्यक्रिया पहिलो पटक गरिएको बताए ।

प्रमिला थापाको शल्यक्रिया गर्दा अस्पतालमा १० हजार रुपियाँ मात्र खर्च भएको डा. खडकाले बताए । मल्टीलिगामेन्टको शल्यक्रिया शुल्क अस्पतालले २० हजार रुपैयाँ लिने गरेको छ ।

विरामीको आर्थिक अवस्थालाई ध्यानमा राखेर आधा शुल्क छुट गरिएको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु