Information is intelligence
HomeNewsआज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

- Advertisement -spot_img

मनसुनी न्यून चापीय क्षेत्रको असरको कारण बुधबार देशभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् मन्जु बासीका अनुसार काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी परिरहेको छ। उपत्यकामा दिउँसैसम्म पानी पर्ने उनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम पूर्ण बदली भई हल्कादेखि मध्ययम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले जनाइन्। बेलुकीसम्मै देशभरको मौसम पूर्ण बदली भई पानी पर्ने भए पनि भीषण वर्षाको सम्भावना भने नरहेको महाखाले पूर्वानुमान गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु