Information is intelligence
HomeInternationalदुई वरिष्ठ तालिबान नेताबीच राष्ट्रपति भवनमा 'चर्काचर्की

दुई वरिष्ठ तालिबान नेताबीच राष्ट्रपति भवनमा ‘चर्काचर्की

- Advertisement -spot_img

तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बीबीसीलाई बताएका छन्।

राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन्।

बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो।

तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ।

गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो।

त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई “इस्लामिक इमिरात” घोषणा गरेको छ।
स्रोतहरूका अनुसार त्यस्तो विवाद नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै सिर्जना भएको बताइएको छ।

अफगानिस्तानमा तालिबानको जितको श्रेय कसलाई दिने भन्ने विषयमा विवाद सुरु भएको बताइएको छ।

बरादरले आफूजस्ता व्यक्तिले कूटनीतिमा लगाएको जोडबल त्यसको कारण भएको ठानेको बताइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु