Information is intelligence
HomeSportsपिएसजीलाई क्लब ब्रुगेले बराबरीमा रोक्यो

पिएसजीलाई क्लब ब्रुगेले बराबरीमा रोक्यो

- Advertisement -spot_img

काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा बेल्जियन क्लब ब्रुगसँग १–१ को बराबरीमा रोकिएको हो। अग्रपङ्तिमा लियोनेल मेसी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारे पनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो।

आन्द्रे हेरेराको गोलबाट खेलको १५औं मिनेटमा पीएसजीले अग्रता बनाए पनि बराबरीमा रोकिएको हो। केलियन एम्बाप्पेको पासमा हेरेराले गोल गरेका थिए।

घरेलु टोली क्लब ब्रुग्सका लागि हन्स भानाकेनले बराबरी गोल फर्काएका थिए।

मेस्सीको प्रहार बारमा ठोकिएर पर्किएको थियो। उनले पीएसजीबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको खेलमा प्रभाव जमाउन असफल रहे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु