Information is intelligence
HomeAgricultureकृषि बीमामा सरकारकाे सुस्त गति

कृषि बीमामा सरकारकाे सुस्त गति

- Advertisement -spot_img

सरकारले कृषि बीमा १० प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ प्रतिशतमा मात्रै सीमित हुन पुगेको छ । यस अवधि निर्जीवन बीमा कम्पनीहरुले १ लाख ७२ हजार ५८ कृषि बीमालेख जारी गरी १ अर्ब ८२ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका छन् ।

गत आर्थिक वर्षसम्म कृषि बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । तर तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ७५ प्रतिशतबाट ५० प्रतिशतमा झारेको थियो ।

अर्थमन्त्री शर्माले बजेटको प्रतिस्थापन विद्येयक संसदमा प्रस्तुत गर्दै कृषि बीमाको अनुदान रकम ३० प्रतिशतले बढाएर ८० प्रतिशत पुर्याएका छन् । कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्युनीकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण वृद्धि कृषि तथा पशु बीमाको दायरा विस्तार गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु