Information is intelligence
HomeNewsविश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई सम्मान गरियो

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई सम्मान गरियो

- Advertisement -spot_img

३१ भदौ (शर्मिला विश्वकर्मा), काठमाण्डौं : राष्ट्रिय बाल दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा हिजो राष्ट्रिय बालदिवसको अवसरमा मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पुर्याएकोमा राजधानीमा आयोजित एक कार्यक्रममा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई सम्मान गरियो । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले सम्मानपत्र प्रदान गरेकी थिइन् ।
मानव बिचविखन विरूद्धको दिवसमा गत वर्ष घोषणा गरिएको सम्मानपत्र कोरोनाको कारण प्रदान गर्न सकिएको थिएन, यसैवर्ष गत वर्ष र यस वर्ष घोषणा गरिएको सो मन्त्रालयका मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाका प्रमुख मिना पौडेलले जानकारी दिइन् ।

विश्वास नेपाल अन्र्तगत गठित आवाज बाल क्लव र एकता क्लवमा आवद्ध बालबालिका बीच हाजिरी जवाफ, बालगीत, कविता र नृत्य प्रतियोगिताको आयोजना पनि गरिएको थियो । बालबालिका स्वस्फुर्त रूपमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिन सफल बालबालिकालाई पुरस्कृत पनि गरिएको थियो ।

यसै कार्यक्रममा रेष्टुरेण्टका श्रमिकको हक, हितका लागि कार्यरत सो संस्था विश्वास नेपालको सातौं अधिवेशन तथा १४ औं साधारणसभाको आयोजना गरेर सर्वसम्मतीबाट नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्षमा तारा भण्डारी, उपाध्यक्षमा सवि शाह, सचिवमा बबिता थापामगर, कोषाध्यक्षमा कान्छीमाया तामाङ, र सदस्यहरूमा सविना पन्थ, सुनिता तामाङ र रितु मगर चयन चयन भएका छन् । त्यसैगरी संस्थाको सल्लाहकारहरूमा बेनुमाया गुरूङ, विमल भेटवाल, उमा तामाङ, देवीप्रसाद लगायत पाँचजना चयन भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु