Information is intelligence
HomeEntertainment & Artsफिल्म क्षेत्रलाई अगाडि बढाउन जोखिम मोल्न तयार छुः पूजा शर्मा

फिल्म क्षेत्रलाई अगाडि बढाउन जोखिम मोल्न तयार छुः पूजा शर्मा

- Advertisement -spot_img

नेपाली चलचित्रकी नायिका तथा निर्मात्री पूजा शर्माले चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि आफू जोखिम मोल्न तयार रहेको बताएकी छिन् । पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’की निर्मात्री तथा नायिका हुन् । पूजाले अनलाइनखबरसँग भनिन्–‘चलचित्रलाई कसरी चलाउने भन्ने बिषयमा प्रदर्शक र वितरकसँग निरन्तर कुरा भैरहेको छ । तर, चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि म जोखिम मोल्न तयार छु ।’

वुझिएअनुसार, प्रदर्शक र वितरकको पहिलो प्राथमिकतामा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रहेको छ । पूजा भन्छिन्–‘हामीले सुरुवात नगरे कसले गर्छ ? सबैले एक अर्काको मुख मात्रै ताकेर बस्ने हो भने चलचित्र क्षेत्र अगाडि बढ्न सक्दैन ।

यसैले, यस्तो अवस्थामा चलचित्र निर्माता, वितरक र प्रदर्शक सबैले एक अर्कालाई सहयोग गर्न आवश्यक छ । केही जोखिम प्रदर्शक र वितरकले हाम्रो चलचित्रका लागि उठाउन तयार हुन्छन् भने म पनि जोखिम मोल्न तयार छु ।’

नेपाली चलचित्र क्षेत्र अगाडि बढेको खण्डमा मात्र यसमा आवद्ध हुने सबै जनाको जीवन सहज हुने भन्दै पूजाले चलचित्र रिलिजको मिति चाडै तय गर्ने बताइन् । वुझिएअनुसार, चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई दशैंमा रिलिज गर्ने तयारी भैरहेको छ । यसका लागि, आज पनि वितरक, निर्माता र प्रदर्शकको वैठक छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा शर्मा, पल शाह, सरोज खनाल लगायतका कलाकारको अभिनय छ । यो चलचित्र कोरोनाका कारण सबैभन्दा बढी मारमा थियो । वि.सं २०७६ साल फागुण ३० गतेलाई प्रदर्शन मिति तय गरेर पनि यो चलचित्र रिलिज हुन सकेको थिएन । निर्माताले फागुण २३ गते चलचित्रको रिलिज अनिश्चितकालका लागि स्थगित भएको सूचना जारी गरेका थिए । चलचित्रको गीत, ट्रेलर सार्वजनिक भैसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु