Information is intelligence
HomeEntertainment & Artsसंगीत प्रेमीको प्लेलिस्टका लागि पुष्पन र प्रविशा अर्को कोसेली ‘तिम्रो मन…’

संगीत प्रेमीको प्लेलिस्टका लागि पुष्पन र प्रविशा अर्को कोसेली ‘तिम्रो मन…’

- Advertisement -spot_img

पुष्पनको प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन…’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्रफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।

‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीत र त्यसको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, सबैले मन पराइदिनुहुने छ भन्ने आशावादी छौ’, निर्देशक शाहीले भने ।

‘तिम्रो मन…’को केही समय पहिला टिजर पनि सार्वजनिक भएको थियो । गीतको टिजरले दर्शकको अत्यधिक साथ पाएको थियो । गीतको भिडियो साईराम पिक्चर्सको युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा आफूले माया गरेको मान्छेलाई आशु झार्न नदिने बाँचा गरिनुका साथै एक अर्कामा पूर्ण रुपमा समर्पित भएको भिडियोमा प्रस्तुत गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु