Information is intelligence
HomeNepali Businessमासिक ३०० रुपैयाँसम्म इन्टरनेटको शुल्क बढाइने, एक्कासी किन बढ्ने भयो शुल्क ?

मासिक ३०० रुपैयाँसम्म इन्टरनेटको शुल्क बढाइने, एक्कासी किन बढ्ने भयो शुल्क ?

- Advertisement -spot_img

इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)ले इन्टरनेटको शुल्क बढाउने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमानेपछि आइस्पानले इन्टरनेटको शुल्क बढाउने भएको हो ।

विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायक बीच पोलभाडा विवाद विगत तीन बर्षदेखि हुँदै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री पोलभाडा विवादमा पछि नहट्ने बताएपनि एक्कासी सेवाप्रदायकले शुल्क बढाउन बाध्य भएको आइस्पानका एक अघिकारीले बताए ।

उनका अनुसार उर्जा मन्त्री पम्फा भुसाललाई भेटर पोलभाडा विवाद मिलाउन आग्रह गरेपनि नमानेपछि सेवाप्रदायकले शुल्क बढाएका हुन ।
‘हामीले निर्णय गरेर दूरसञ्चार प्राधिकरणसमक्ष नयाँ शुल्क दर पेस गरिसकेका छौं’ ती अधिकारीले भने ।

जसमा शहरी क्षेत्रमा मासिक १५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँसम्म मासिक शुल्क बढाएको ती अधिकारीले बताए ।

विद्युत प्राधिकरणले ५०० प्रतिशतसम्म बढाएको पोलभाडालाई लिएर आइस्पानले शुल्क बढाएको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु