Information is intelligence
HomeSportsयुरोपा लिगः लेस्टर सिटी र नापोलीको बराबरी

युरोपा लिगः लेस्टर सिटी र नापोलीको बराबरी

- Advertisement -spot_img

एजेन्सी । युरोपा लिगको समूह चरणको खेलमा लेस्टर सिटी र नेपोली बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेस्टर सिटी र नेपोली २-२ को बराबरीमा रोकिएको हो ।

खेलमा २-० ले पछि परेको अवस्थामा भिक्टर ओसिमहेनले दुई गोल गर्दै नेपोलीलाई हारबाट जोगाए । नेपोलीका लागि पनि दुवै गोल भिक्टर ओसिमहेनले गरेका थिए ।

नवौं मिनेटमा एयोजी पेरेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । उने हार्भे बार्नेसको पासमा गोल गरेका थिए ।

६४औं मिनेटमा इहानाचोको पासमा हार्भे बार्नेसले नै गोल गर्दै २-० को अग्रता दिलाए ।

६९औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै अग्रतालाई छोटाए । ८७औं मिनेटमा ओसिमहेनले माटियो पोलिटानोको पासमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु