Information is intelligence
HomeEducationभौतिक कक्षा नै बढी प्रभावकारी भएको विज्ञहरुको भनाई

भौतिक कक्षा नै बढी प्रभावकारी भएको विज्ञहरुको भनाई

- Advertisement -spot_img

१ असोज २०७८(शर्मिला विश्वकर्मा), काठमाण्डौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन. आर. कलेजको १५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा क्षेत्रका विज्ञहरूले भौतिकरूपमा जस्तो भर्चुल कक्षा प्रभावकारी नभएको धारणा राखेका छन् । सो कार्यक्रममा शिक्षाविदहरुले इन्टरनेटको पहुँच बढ्दै गएकाले पनि महामारीका समयमा भर्चुल कक्षा बाध्यकारी भएको भएता पनि त्यो भर्चुअल कक्षा त्यती प्रभावकारी नभएको बताएका थिए ।


यसै क्रममा एन. आर. कलेजका प्राध्यापक श्यामकृष्ण बिष्टले भौतिक कक्षाको पढाइ अगाडि बढाउँदा सरकारले लागु गरेका स्वास्थ्यका मापदण्डको पालना गर्नु पर्ने कुरामा जोड दिएका थिए ।


विहिबार काठमाण्डौंको नेपालटारमा आयोजना गरिएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक सभा सदस्य समेत रहनु भएका सो कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जनले प्रविधिले शिक्षा क्षेत्रमा मात्र नभई ज्ञानको क्षेत्रमा आमूल परिवर्तन ल्याएकाले हाम्रा प्राध्यापकहरूले आफ्नो प्रावधिक ज्ञानको विकासमा सधैं अद्यावधिक हुनु पर्ने बताए ।
भने कलेज व्यवस्थापन समितिका अध्यक्ष चित्रवरध्वज थापाले कलेजले भौतिक र गुणस्तर दुवैमा राम्रो प्रगति गरेको उल्लेख गर्दै कलेजमा हाल स्नातक तह र स्नातकोत्तर तहमा गरी १ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिएका थिए । क्याम्पस प्रमुख राजीप धितालले कलेजमा नयाँ नयाँ पाठ्यक्रमलाई समावेश गराएर विद्यार्थीको आकर्षणलाई कायमै राख्न र प्राध्यापकहरूलाई प्रविधि मैत्री पुनर्ताजगी तालिम दिने योजना बताए ।


कलेजको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका विभागीय प्रमुख कृष्णराज कट्टेलले स्नातक तह तहमा मानविकी, शिक्षा शास्त्र सङ्काय र व्यवस्थापन विषयमा अध्यापन हुँदै आएको र स्नातकोत्तर तहमा व्यवस्थापन र समाजशस्त्रमा पढाइ हुँदै आएको कुरा पनि उक्त कार्यक्रममा जानकारी गराएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु