Information is intelligence
HomeBankमुक्तिनाथ बैंककाे व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर वृद्धि

मुक्तिनाथ बैंककाे व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर वृद्धि

- Advertisement -spot_img

मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ। बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको हो।

बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर प्रकाशित गरेको छ।

बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले ३ महिना अवधिको लागि वाणिज्य तथा विकास बैंकहरुले असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको ब्याजदरमध्ये मुक्तिनाथको व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको जानकारी दिए।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको उनले बताए।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ आदि सेवाहरु बैंकका शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु