Information is intelligence
HomeNewsघुस अस्वीकार गर्ने २४ जना ट्राफिक प्रहरी सम्मानित (नाम सहित)

घुस अस्वीकार गर्ने २४ जना ट्राफिक प्रहरी सम्मानित (नाम सहित)

- Advertisement -spot_img

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षक सहित २४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच पुरस्कृत एव् सम्मान गरेको छ । 

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरि काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्धा चलाईएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जिसी ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला रहेका छन् ।

त्यस्तै, नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरुमा प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भिम बहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजि साह, प्रविन मोक्तान, दधिराम बिसी त्यस्तै प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोईराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु