Information is intelligence
HomeEntertainment & Arts‘कमेडी च्याम्पियन २’ को फाइनल आज, कस्ले मार्ला बाजी?

‘कमेडी च्याम्पियन २’ को फाइनल आज, कस्ले मार्ला बाजी?

- Advertisement -spot_img

काठमाडौं –कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को फाइनल आज हुँदै छ । गत वर्षको तुलनामा यो वर्ष उक्त शो निकै चर्चित रहन पुग्यो । उपाधिका लागि आज ताप्लेजुङका भरतमणि पौडेल, सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।

पौडेल, अग्रवाल र थापाका आ–आफ्नै खुबी र विशेषता छन् । स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन् । भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन् । विषयवस्तु उठानका हिसाबले तीनैजना उत्तिकै प्रभावशाली देखिन्छन् । 

यी तीन प्रतियोगीनै अहिले शोको फाइनलमा छन् । विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आएका तीन मध्येबाट एकले आज शनिबार हुने फाइनलमा उपाधि उठाउनेछन् । उपाधि विजेताले कार र थुप्रै गिफ्ट समेत हात पर्दछन् ।

भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोषलाई प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्म ल्याएको हो । तीनमध्ये एकले मात्र उपाधि उठाउने छन् । 

उपाधिमा प्रमुख दाबेदार भरतमणिलाई लिने गरिएको छ । तर सन्तोष र विक्की मध्य एकले पनि उपाधि उठाउन सक्ने सम्भावना रहेको छ । विक्की अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा मानिएका छन् । 

भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण र सन्तोषलाई विक्की र भरतमणि सुन्दर ‘फ्युजन’ भनेर चर्चा गरिने गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु