Information is intelligence
HomeSportsनेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

काठमाडौं । एएफसी महिला एशियन कप फुटबलको छनौट खेल अन्तर्गत आज नेपालले फिलिपिन्सँग खेल्ने भएको छ ।

उज्वेकिस्तानमा हुने छनौट खेल नेपालको लामो समयपछिको अन्तर्राट्रिय औपचारिक खेल हो । किनकी नेपाली महिला टिमले २०१९ यता अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

आजको खेलमा जित निकाल्दै नेपाली टोली एशियन कप छनौट खेलको यात्रा तय गर्न चाहन्छ । एशियन कप आउदो वर्ष भारतमा हुनेछ ।

छनौट खेलमा नेपाली महिला टोलीले फिलिपिन्सपछि हङकङसँग खेल्नेछ । समूह एफमा रहेको नेपाली टोली शिर्षस्थानमा पुगे एशियन कपका लागि छनौट हुनेछ । यसपाली नेपालका लागि अध्याधिक गोल कर्ता सावित्रा भण्डारी भने मैदानमा नदेखिने भएकी छन् । उनी चोटका कारण टीममा परेकी छैनन् ।

फिफा वरीयतामा फिलिपिन्स ६८औं स्थानमा छ भने नपाल १०१औं स्थानमा छ । त्यस्तै हङकङ पनि ७६औं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु