Information is intelligence
HomeSportsए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट, विजेताले १० लाख पाउने

ए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट, विजेताले १० लाख पाउने

- Advertisement -spot_img

 ए डिभिजन राष्ट्रिय फुटसल लिग आजदेखि पोखरामा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काइ गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछन । खेल दिउँसो दुई बजे सुरु हुनेछ ।

आजै स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच पनि खेल हुनेछ । यस खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।

२१ दिनसम्म सञ्चालन हुने लिगमा राउण्ड रोबिनका आधारमा खेलाइनेछ र कुल ४९ खेल हुनेछ ।

फुटसल लिगको विजेताले १० लाख पाउनेछ । उपविजेताले ५ लाख पाउनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु