Information is intelligence
HomeNewsकाठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने

काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने

- Advertisement -spot_img

काठमाडौँ — काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ । 

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष वा सोमाथि उमेर समूहका सबै नागरिक, विश्वविद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिउका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेल दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिहरुले खोप पाउने भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु