Information is intelligence
HomeShare Bazarयो साता नेप्सेमा ८ कम्पनीको शेयर सूचिकृत, कुनको मूल्य कति?

यो साता नेप्सेमा ८ कम्पनीको शेयर सूचिकृत, कुनको मूल्य कति?

- Advertisement -spot_img

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको शेयर सूचिकृत भएको छ । 

उक्त कम्पनीका सुचिकृत सेयर र मूल्य यसप्रकार छन् :

१. एशिया ग्रोथ फण्ड
एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । 

एनआईसी एशिया ग्रोथ फण्डले इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो । एशिया ग्रोथ फण्डको प्रतिइर्का मूल्य १२.२२ रुपैयाँ कायम भएको छ 

२. एनआईसी एशिया ब्यालेन्सड् फण्ड
एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । फण्डले इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो ।

एनआईसी एशिया ब्यालेन्सड् फण्डको ईकाई मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ । 

३. एनआईसी एशिया ऋणपत्र 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘एनआईसी एशिया ऋणपत्र २०८८’ को १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सूचिकृत भएको छ । १० वर्ष अवधि रहेको यो ऋणपत्रको व्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ । 

४. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘८.५५ आरबिबिएल डिबेञ्चर २०८३’ नामको २५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

५. नेरुडे लघुवित्त वित्तीय संस्था
नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अव यो बोनस शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको थियो ।

६. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेप्से र कम्पनी बीच बिहीवार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आइवारदेखि कारोबारमा आउनेछ । 

कम्पनीले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ नामक ऋणपत्र सूचीकृत गराएको हो । 

७. एक्सेल डेभलपमेन्ट बैंक
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेलको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर समायोजन भएको छ । समायोजनपश्चात बैंकको शेयरमूल्य ७६२ रुपैयँ ६८ पैसा निर्धारण भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । भदौ ३१ गते एक्सेल डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १ हजार ५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

८. सानिमा इक्विटी फण्ड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । सानिमा इक्विटी फण्डको ३३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । 

समायोजन पश्चात योजनाको इकाईमूल्य १२ रुपैयाँ ८५ पैसा तोकिएको छ फण्डको इकाई १६ रुपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको थियो ।

Latest Videos Related to Share Market Nepal

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु