Information is intelligence
Homehoroscopeआजको राशिफल – असोज ३ गते आइतबार

आजको राशिफल – असोज ३ गते आइतबार

- Advertisement -spot_img

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

आजको दिन तपाईंलाई शारीरिक तथा मानसिक सुख प्राप्त होला , तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला, मिष्टान्न भोजनको अवसर प्राप्त होला तथा आजको दिन रमाइलो भोजनमै बित्ला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

राज्यपक्षको सहयोग प्राप्त होला, प्रेम बढ्ने दिन रहेको छ, कुनै उच्च पदमा भएका व्यक्तिहरुबाट उचित सहयोग तथा सर सल्लाह पाइएला मान तथा प्रतिष्ठामा वृद्धि होला।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

आजको दिन अनेक प्रकारका लाभ प्राप्त होला , भाग्यमा वृद्धि हुने समय आएको छ,आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै पनि स्थानबाट शुभ समाचार आउने योग छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

आजको दिन तपाईंलाई श्वासप्रश्वासको समस्या आउनसक्छ, चिसोबाट जोगिनुहोला, पुलिस तथा सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ। होशियार रहनुहोला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

आजको दिन तपाईंलाई चारैतिरबाट लाभहोला, काम गर्ने जोस र जागरमा वृद्धि होला , कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्नेछ , दिनभर मन हर्षित रहला।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

धन सम्पत्ति तथा मान,सम्मानमा वृद्धि होला ,वैदेशिक रोजगारका अवसरहरु पनिक आउलान कुनै पाटी तथा बैवाहिक कार्यमा सहभागी हुन पाईएला।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

आजको दिन तपाईंको पराक्रम देखेर सबै छक्क पर्नेछ्न। अधुरा कामहरु सप्पन्न होलान् , दाजुभाइको सहयोग प्राप्त हुनेछ। कुनै नयाँ कार्य वा कार्य गर्नेबिचार आउला।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

आजको दिन तपाईंलाई जग्गा जमीन तथा साधन बाहनमा वृद्धि होला,मनले सोचेको स्थानको यात्रा तथा व्यक्तिसंग भेट होला , तर पनि मध्याह्न तिर भने छातिको समस्या आउनसक्छ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

आजको दिन तपाईंको बुद्धि तथा विवेकमा वृद्धि होला, शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रगति गरिएला, आजको दिन कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्छ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn

आजको दिन तपाईंलाई दीर्घ रोगले सताउन सक्छ,अप्रिय समाचारले मन खिन्न होला, घमण्ड बढ्नाले शत्रुहरु बढ्लान, बुद्धि तथा विवेकले काम लिनुहोला सबै समस्या ठिक हुन्छन् ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

आजको दिन प्रेम बढ्ने दिन रहेकोे छ , परिवार तथा प्रेमिकासंग कुनै रमाइलो स्थानको यात्रा होला, तरपनी आजको दिन साझेदारी व्यवसाय गर्दा सावधानी अपनाउनुहोला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces

आजको दिन तपाईंलाई सानो भएपनी कुनै न कुनै चोटपटकको भय छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, सोचेको बिपरित काम बन्नाले मन खिन्न होला ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु