Information is intelligence
HomeNewsपूर्वप्रम भट्टराईलाई ‘नेपाल रत्न’, खनाललाई राष्ट्र गौरव (अन्य विभूषितहरूकाे नामावली)

पूर्वप्रम भट्टराईलाई ‘नेपाल रत्न’, खनाललाई राष्ट्र गौरव (अन्य विभूषितहरूकाे नामावली)

- Advertisement -spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । उनले २०४७ सालको संविधान जारी गर्नुको साथै निर्वाचनसमेत गराएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु-याएका भट्टराई नेपाली राजनीतिमा सन्त नेताका रूपमा चिनिन्छन् । यसैगरी, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुर्वणशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी प्रदान गर्ने घोषणा भएको छ ।

यसैगरी, महाउज्ज्वल राष्ट्रदीप सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह र मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ । त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने भएको छ ।
उज्ज्वल कृतिमय राष्ट्रदीप मान–पद्वीबाट सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

यसैगरी, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिने भएको छ । जसमा न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल, तेजबहादुर केसी, महालेखा परीक्षक टङ्कमणि शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती, धर्मगुरु आत्मानन्दन लिङ्देन, राजनीतिज्ञ स्व. चक्रप्रसाद बाँस्तोला छन् । त्यसैगरी, स्व. द्वारिकादेवी ठकुरानी, स्व. सिद्धराज ओझा, स्व. भीमदत्त पन्त, स्व. योगेन्द्रमान शेरचन, स्व. दिवानसिंह राई, तेजबहादुर अमात्य, अरविन्दकुमार ठाकुर, स्व. भूविक्रम नेम्वाङ, स्व. क्या. यज्ञबहादुर थापा, स्व. थीरबम मल्ल, स्व. सरोज कोइराला, स्व. टेकबहादुर चोख्याल, स्व. शिवराज पन्त, स्व. एनडी प्रकाश चटौत, स्व. दुर्गादत्त जोशी, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ ।

अन्य सुची

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु