Information is intelligence
HomeNewsराष्ट्रपतिद्वारा संविधान दिवसकाे दिन ८ कैदीलाई माफी, ५२३ कैदीबन्दीको सजाय कट्टा

राष्ट्रपतिद्वारा संविधान दिवसकाे दिन ८ कैदीलाई माफी, ५२३ कैदीबन्दीको सजाय कट्टा

- Advertisement -spot_img

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ जना कैदीलाई माफी दिएकी छन्। त्यसैगरी पाँच सय २३ कैदीको कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनालाई कैद सजाय माफी दिएकी हुन्।
ad

त्यसैगरी संविधान दिवसका अवसरमा हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो। २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा सरकारले राम्रो आचारण भएका कैदी बन्दीलाई सजाय माफी दिनसक्ने व्यस्वस्था छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु