Information is intelligence
HomeNews४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको संविधान भन्दै सिंहद्वारा विभूषण अस्वीकार

४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको संविधान भन्दै सिंहद्वारा विभूषण अस्वीकार

- Advertisement -spot_img

पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरेको ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ अस्वीकार गरेका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्रीसमेत रहेका सिंहले भने, ‘यो सम्मान ग्रहण गर्नु मेरो नैतिक मान्यताविरुद्ध छ । मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधानअन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’

राज्यका नाममा दिइने सम्मान स्वीकार, अस्वीकार तथा बहिष्कार गर्ने आफ्नो अधिकारको प्रयोग गर्दै आफूले यो निर्णय गरेको सिंहले बताए।

२०६३ वैशाख ११ गते विघठित प्रतिनिधिसभा व्युँताइएपछि त्यसको वैधानिकता र नैतिक हैसियतलाई प्रश्न गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सिंहले सदनमा उपस्थित नहुने अडान लिएका थिए।

सिंह सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष पनि हुन्। भट्टराईलाई यसपल्ट सरकारले ‘नेपाल रत्न’ द्वारा विभूषित गर्ने निर्णय गरेको छ। यो सबैभन्दा ठूलो विभूषण हो। सिंहले अस्वीकार गरेको सुप्रसिद्ध प्रवल जनसेवाश्री चौथो ठूलो विभूषण हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु