Information is intelligence
HomeNewsपदक नलिने घोषणा एक : कारण अनेक ; क-कसले अस्विकार गरे राष्ट्रिय...

पदक नलिने घोषणा एक : कारण अनेक ; क-कसले अस्विकार गरे राष्ट्रिय विभूषण

- Advertisement -spot_img

विभिन्न कारण देखाउँदै यो वर्ष पनि धेरैले राष्ट्रपतिद्वारा संबिधान दिवसका अवसरमा दिइने पदक अस्विकार भएको छ।

संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक अस्वीकार गर्नेहरुको सूचीमा एक हुन् पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंह

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्रीसमेत रहेका सिंहले भने, ‘यो सम्मान ग्रहण गर्नु मेरो नैतिक मान्यताविरुद्ध छ । मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधानअन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’

त्यस्तै पदक अस्वीकार गर्नेहरुको सूचीमा थपिएका छन् पत्रकार हरिबहादुर थापा

इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत् पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

विगतमा आफूलाई पदकका लागि पटकपटक सोधिएको र अस्वीकार गरेको भन्दै उनले यसपालि भने सोध्दै नसोधी पदक पाउनेहरुको सूचीमा आफ्नो पनि नाम आएको उल्लेख गरेका छन् ।

उनले पदक वितरणको विधि र पारदर्शीतामा खुला बहस हुनुपर्ने पनि जनाएका छन् । थापा लेख्छन्, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

अर्का एक कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको ‘प्रवल जनसेवा श्री’ विभूषण नलिने घोषणा गरेका छन् ।

सायमीले सामाजिक संजाल मार्फत सरकारले आफुलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको जनाएकाछन्।

अस्विकार गर्नुको कारणबारे अनलाइनखबरसँगको कुरा कानीमा उनले भनेकाछन्, ‘पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें ।’ आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे’ भएकाले यो पदक लिन नसुहाउने उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।

यसप्रकारले हरेक वर्ष राजनीतिक नियुक्ति वा छायाँको प्रभाव भरिएको कारण सहित विभिन्न अवसरका उत्तमातिउत्तम पदक, सम्मान योग्य व्यक्तिहरुले नै अस्विकार गर्दै आएकाछन्। तर राजनीतिक शक्तिको प्रभावमा र यस्ता कार्यक्रमको नीतिगत संचालनमा कम्जोरी सदा देखिनै रहेको छ।

श्री ५ र श्री ३ को सरकारको काल खण्डमा मनभरिएको व्यक्तिलाई दिने सम्मान र सार्वभौम सत्ता जनतामा निहित गणतन्त्रात्मक राज्य प्रणालिमा पदक अर्पणको प्रकृतिमा खासै भिन्नता देख्न पाइएको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु