Information is intelligence
HomeNewsकोरोना महामरीबाट रोजगारी गुमाएका ३० घरपरिवारलाई खाद्यान्न सहयोग

कोरोना महामरीबाट रोजगारी गुमाएका ३० घरपरिवारलाई खाद्यान्न सहयोग

- Advertisement -spot_img

२ असोज २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं| गैर सरकारी संस्था गुथिले भत्सल ईम्पेक्स प्रा.लि. (साओमी फोनका अधिकृत विक्रेता)को आर्थिक सहयोगमा हिजो शुक्रवार कोरोना महामरीबाट रोजगारी गुमाएका भक्तपुर लिवालीका ३० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सो कार्यक्रममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले शहरी मध्यम वर्गका मानिसहरु आफ्नो अवस्थालाई समाजमा देखाउन हिच्किचाउने पीडितहरुको पहिचान गर्दै गरिबी न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

वि.स. २०७२ सालको भुकम्पबाट पीडित परिवार लामो समय देखि भक्तपुर लिवालीको खुला मैदानमा निर्मित अस्थाई टहरामा बस्दै दैनिक ज्यालादारीमा काम गर्दै जीविका चलाउदै आईरहका कोरोना महामारीका कारण रोजगारी गुमाएका ३० घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको थियो ।

यसै क्रममा भत्सल ईम्पेक्सका प्रवन्धक नितेश कुमार मुन्द्राले विश्वभरी वर्चस्व कायम गरेको साओमी फोनले सामाजिक उत्तरदायित्व अन्र्तगत लिवालीका न्यून आय भएका र कोभिड १९म हामारीले समस्यामा परेका परिवारहरुलाई खाद्यान्न सहयोग गरेको बताउदै विष्णुमती किनारामा बसोबास गर्ने न्यून आय भएका समुदायहरुका लागि स्मार्ट टि.भि सहयोग गरी विद्यार्थीहरुका लागि भर्चुअल माध्यमबाट पठनपाठनमा कम्पनीले सहयोग गरेको जानकारी पनि दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु