Information is intelligence
HomeSportsनेपालले आज ओमानसंग प्रतिस्पर्दा गर्दै , प्रशिक्षक डेब वाटमोरको प्रशिक्षकत्वमा अन्तिम खेल

नेपालले आज ओमानसंग प्रतिस्पर्दा गर्दै , प्रशिक्षक डेब वाटमोरको प्रशिक्षकत्वमा अन्तिम खेल

- Advertisement -spot_img

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुख्य प्रशिक्षक डेब वाटमोरको प्रशिक्षकत्वमा अन्तिम खेल खेल्दै छ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिदेशीय शृंखलाअन्तर्गत नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । आजको खेल प्रशिक्षक वाटमोरका लागि महत्त्वपूर्ण हुनेछ ।

त्यस्तै, खेलाडीहरूले पनि आजको खेललाई महत्त्वपूर्ण खेलका रूपमा लिएका छन् । नेपाली टोली ओमान भम्रणमा रहेको अवस्थमा वाट्मोरले राजीनामा दिएका हुन् । नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । आज ओमानविरुद्धको खेल नै अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गन चाहन्छन् ।

वाटमोर सन् २०२० डिसेम्बरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २०२१ जनवरीबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका हुन् । उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजनको उपाधि जितेको थियो । जसमा नेपालका लागि युवा खेलाडी कुशल भुर्तेलले डेब्यु सिरिजमा लगातार तीन खेलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए ।

वाटमोरकै प्रशिक्षकत्वमा नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्यो । दुवै खेलमा नेपाली टोलीले सहज जित हासिल ग¥यो ।

त्यसपछि गएको भदौ २८ गतेदेखि भएको त्रिदेशीय श्रृंखलामा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराउन सफल भयो । दोस्रो खेलमा भने नेपाल पराजित भयो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानलाई पराजित गर्दै आज प्रशिक्षकको सुखद बिदाइ गरिने बताए ।

नेपाल क्रिकेट संघ (क्यान)सँग एक वर्षका लागि सम्झौता गरे पनि समयसीमा सकिनुअघि नै वाटमोरले पदबाट हट्ने निर्णय गरेका थिए । उनले कोभिड–१९ महामारीले परिवारसँगै बस्न नपाएको कारण देखाएर राजीनामा दिनुपरेको बताएका थिए ।

ओमान र नेपालबीचको खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु