Information is intelligence
HomeNewsएमसीसी विरुद्धमा गलत र भ्रम फिँजाउनेविरुद्ध उजुरी

एमसीसी विरुद्धमा गलत र भ्रम फिँजाउनेविरुद्ध उजुरी

- Advertisement -spot_img

काठमाडौं । एमसीसीका विरुद्धमा गलत र भ्रामक सामग्री सामाजिक सञ्जालमा व्याप्त भएपछि प्रहरीमा उजुरी परेको छ ।

सामाजिक सञ्जालमा एसीए नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्ताक्षर प्रयोग गरेर केही अखबार तथा टीभीलाई परिचालित गरिएको र नेपाल सरकार, एमसीए नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको भन्दै उजुरी गरिएको हो ।

उक्त किर्ते पत्रका आधारमा केही व्यक्ति, संस्थाको प्रतिष्ठा र शाखमा आक्रमण भएकाले किर्ते कहाँबाट भएको हो र कसले गरेको हो साथै सेयर ककसले गरेका छन् उनीहरुलाई कारबाहीको माग गर्दै एमसीए नेपालका कार्यकारी प्रमुख खड्गबहादुर विष्ट, पत्रकार कनकमणि दीक्षित र विश्लेषक अरुणकुमार सुवेदीले उजुरी गरेका हुन् ।

उजुरीका सम्बन्धमा छानबिन भइरहेको र फेसबुक तथा ट्विटरसँग केही विषयमा जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु