Information is intelligence
HomeSportsइङ्ग्लिस प्रिमियर लिग आज तीन खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग आज तीन खेल हुँदै

- Advertisement -spot_img

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम तथा ब्राइटन र लेस्टर सिटी नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन् ।

म्यानचेस्टर चार खेलबाट १० अङ्कसहित तेस्रो स्थानमा छ । त्यस्तै राति सवा नौ बजे टोटनह्याम र चेल्सी खेल्दैछन् । चार खेलमा १० अङ्क रहेको चेल्सी तालिकाको चौथो स्थानमा छ भने समान खेलमा ९ अङ्क रहेको टोटनह्याम सातौँ स्थानमा छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएर लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको ५ खेलमा १३ अङ्क छ । साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेको साविक विजेता म्यानचेस्टर सिटी ५ खेलमा १० अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु