Information is intelligence
HomeSportsओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

- Advertisement -spot_img

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेको छ । नेपालले पहिले बलिङ गर्ने भएको छ । ओमानले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ ।

आजको खेलमा नेपालका दुई खेलाडी परिवर्तन गरिएको छ । गुल्सन झा र कुशल मल्लको स्थानमा शरद भेषावकर र आरिफ सेख आएका छन् ।

घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । शृंखलाअन्तर्गत नेपालले तीन खेल खेलको छ । जसमा एक खेलमा विजयी र दुई खेलमा पराजित भयो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु