Information is intelligence
HomeShare Bazarहाईड्रोपावर, माइक्रोफाइनान्स लगायत १२ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

हाईड्रोपावर, माइक्रोफाइनान्स लगायत १२ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माइक्रोफाइनान्स कम्पनी मध्ये ५ वटा र ६ वटा जलविद्युत कम्पनी सहित १२ वटा कम्पनीले लाभांश घोषाणा गरेका छन् ।

कम्पनीहरुले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीमा साधना लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताको लागि लाभांश घोषणा गरेका छन् ।

यस्तै लाभांश घोषणा गरेका जलविद्युत कम्पनीमा सानिमा माई हाईड्रोपावर, रु रु जलविद्युत परियोजना, नाग्दी ग्रुप पावर, अपी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट र सुपरमाइ हाईड्रोपावर कम्पनी रहेका छन् । साथै युनिलिभर नेपालले पनि लगानीकर्ताहरुलाई ६५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई बोनस भने नदिने भएको छ ।

यस्तै लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीमा सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । कम्पनीले २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २५ र नगद लाभांश १.३२ प्रतिशत दिने घोषणा गरिसकेको छ । सबैभन्दा कम लाभांश घोषणा गर्ने माइक्रोफाइनान्स कम्पनीमा अहिलेसम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले १०.५३ प्रतिशत मात्रै लाभांश दिने जनाएको छ । जसमा बोनस १० र नगद (कर प्रयोजनको लागि) ०.५३ प्रतिशत दिने प्रस्ताव गरेको छ ।

यस्तै स्वरोजगार लघुवित्तले बोनस मात्रै २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यता डिप्रोक्स लघुवित्तले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस २० प्रतिशत र नगद (कर प्रयोजनको लागि) १.०५, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस दिने प्रस्ताज गरेको छ । कम्पनीले घोषणा गरेको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी आवको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

यस्तै जलविद्युत कम्पनीतर्फ सबैभन्दा बढी लाभांश घोषणा नाग्दी ग्रुपको रहेको छ । ग्रुपले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस २० र नगद १.०५ प्रतिशत रहेको छ ।
अहिलेसम्म सबैभन्दा कम लाभांश २ वटा कम्पनीको रहेको छ । जसमा सानिमामाई हाईड्रोपावर र रु रु जलविद्युत कम्पनीको रहेको छ । दुवै कम्पनीले बोनस १० र नगद लाभांश ०.५३ प्रतिशत दिने प्रस्ताव गरेका छन् ।

अन्य कम्पनीमा अपी पावर कम्पनीले ११.०५ प्रतिशत लाभांशको घोषणा गरेको छ । जसमा बोनस १०.५ र नगद ०.५५ प्रतिशत दिने भएको छ भने सुपरमाई हाईड्रोपावरले भने नगद मात्रै लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ११.५ प्रतिशत लाभांश दिने भएको छ ।

यी ५ बैंकहरुले गरे लाभांश घोषण, कुनको कति ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु