Information is intelligence
HomeSportsमुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

- Advertisement -spot_img

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका रोकिएका खेलहरु पुनः सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु आइतबारदेखि सुरु भएको हो ।

आइतबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

दुबईमा भएको खेलमा चेन्नईले २० रनको जित दर्ता गरेको हो । १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको क्षतिमा मात्रै १३६ रन बनायो। जसका लागि सौरभ तिवारीले ४० बलमा ५० रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । जसका लागि रितुराज गायकवाडले ८८ रन बनाए ।

२४ रनमै ४ विकेट गुमाउनुका साथै अम्बाते राएडुसमेत रिटार्ड हर्ट भएपछि गाइकवाडले पाँचौ विकेटका लागि रवीन्द्र जडेजासँग ८१ रनको साझेदारी गरेका थिए । जडेजा २६ रन बनाएर आउट भए । त्यसपछि गाइकवाड र ड्वाने ब्राभोले छैटौं विकेटका लागि अविजित ३९ रनको साझेदारी गरे ।

गाइकवाडले ५८ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८८ रन योगदान गरे । ब्राभोले ८ बल खेल्दै अविजित २३ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे ।

बलिङमा मुम्बइका ट्रेन्ट बोल्ड, एडम मिल्ने र जसप्रित बुमराहले २-२ विकेट लिए । जितसंगै चेन्नई ८ खेलमा १२ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा छ भने सम्मान खेल खेलेको मुम्बई ८ अंक सहित तालिकाको चौथौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु