Information is intelligence
HomeSportsबेन्जिमाको गोलमा रियलको पुनरागमन जित

बेन्जिमाको गोलमा रियलको पुनरागमन जित

- Advertisement -spot_img

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको छ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो। रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे। भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे।

खेलको ६६ औं मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ८६ औं मिनेटमा भिनिसियसको गोलबाट रियल खेलमा फर्कियो । उनले बेन्जिमाको पासमा गोल गरे।

त्यसपछि खेलको ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई जित दिलाए।

लिगमा रियलको यो चौंथो जित हो। जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियलले ५ खेलमा १३ अंक जोडेको छ।भ्यालेन्सियाको यो पहिलो हार हो। भ्यालेन्सिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु