Information is intelligence
HomeEconomyआजबाट दशैँका लागि नयाँ नोट साट्न सकिने

आजबाट दशैँका लागि नयाँ नोट साट्न सकिने

- Advertisement -spot_img

आज (सोमबार) देखि नयाँ नोट सटही गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँ तिहारका लागि आज असोज ४ गतेबाट नयाँ नोट सटही खुला गरेको हो।

राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ ।

एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन्। जसअनुसार रु. ५, रु. १०, रु.२०, रु. ५० र रु. १०० दरका एक/एक बन्डलका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा दिइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु