Information is intelligence
HomeNewsबुटवलमा मेयरलाई मुक्का

बुटवलमा मेयरलाई मुक्का

- Advertisement -spot_img

पहिरोबाट भएको क्षति अवलोकनको लागि पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले हातपात गरेको छ।

सोमबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बुटवलको पूर्वी उत्तरमा रहेको ज्योतिनगरमा पुनः पहिरो झर्न थालेपछि उपमहानगरपालिकाका प्रमुख सुवेदी पहिलोग्रस्त क्षेत्रमा अवलोकनको लागि पुगेका थिए।

सोही क्रममा पहिरोबाट प्रभावित भएका स्थानीय एक युवाले सुवेदीमाथि मुक्का हानेका थिए। मुक्का उज्यादै मेयर सुवेदीमाथि जाईलागेका युवालाई सुवेदीसँगगै रहेका नगर प्रहरीले रोकेपछि ती युवा भुईमा लडेका थिए।

युवासँगै अन्य केही स्थानीयले समेत यसअघि झरेको पहिरो पन्छाउन र पहिरो प्रभावितहरुलाई राहत उपलब्ध गराउन स्थानीय सरकारले पहल नगरेको भन्दै सुवेदीमाथि आक्रोश व्यक्त गर्न थालेपछि उनी त्यहाँबाट फर्किएका थिए।

प्रहरी प्रशासनकै उपस्थितिमा अराजक र उश्रृंखल व्यक्तिले सामाजिक मर्यादा विपरित हातपात गर्नेलाई तत्काल पक्राउ गरि कारवाही गर्न नेकपा एमाले बुटवल नगर कमिटीले माग गरेएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु