Information is intelligence
HomeSportsआईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइट राईडर्स आमाने सामने हुने

आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइट राईडर्स आमाने सामने हुने

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइट राईडर्स आमाने सामने हुने छन् ।

यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरुहुने छ । कोरोना महामारीका कारण भारतमा आईपीएल स्थगित हुँदा बैंग्लोरले ७ खेलबाट १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा राखेको थियो ।

कोलकता भने ७ खेलबाट ४ अंक जोड्दै सातौं स्थानमा रहेको थियो । आजको खेलमा बैंग्लोरका कप्तान विराट कोहलीलाई २ वटा रेकर्ड बनाउने अवसर रहेको छ । आईपीएलमा कोहलीको २०० औं म्याच हुने छ । विराट एउटै टिमबाट २०० म्याच खेल्ने पहिलो खेलाडी बन्ने छन् ।

आईपीएलमा यसअघि २०० म्याच खेल्ने अरु चार जना खेलाडीहरु पनि छन् । त्यसमा महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, रोहित शर्मा र सुरेश रैनाले यो रेकर्ड बनाइसकेका छन् । टी २० मा १० हजार रन बनाउने अबसर पनि विराटलाई रहेको छ । यदि आज उनले ७१ रन बनाएमा यो रेकर्ड उनले बनाउने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु