Information is intelligence
HomeNewsअव्वल भ्यालीका लियो र लायन्स क्लबले गरे संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम

अव्वल भ्यालीका लियो र लायन्स क्लबले गरे संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम

- Advertisement -spot_img

शर्मिला विश्वकर्मा, भक्तपुर| भक्तपुर स्थित सरस्वती विद्यागृह मा.विका विद्यार्थी समूह – २०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरि २७ पिन्ट रगत सङ्कलन गरिएको छ ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गतको लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट तथा सरस्वती विद्यागृह पूर्व विद्यार्थी समुहका संयोजक राजु खड्काले संविधान दिवस, दशै, तिहार, छठ लगायतका पर्वको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरी रगत संङकलन गर्ने गरेको जानकारी दिएका थिए ।

यसै क्रममा उनले ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने लायन्स अभियान मार्फत आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदाता प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु