Information is intelligence
HomeUncategorizedएमसिसीबारे भ्रम फैलाउँदैछन् : नारायणकाजी श्रेष्ठ

एमसिसीबारे भ्रम फैलाउँदैछन् : नारायणकाजी श्रेष्ठ

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन नेतृत्वको सरकार प्रतिनिधिसभालाई पूर्ण कार्यकाल जिवन्त राखेर सञ्चालन हुने दाबी गरेका छन् ।

सोमबार धनुषाको शहीदनगर नगरपालिका–८ स्थित डुमरियामा आयोजित शहीद सूर्यनाथ रान यादवको ३६ औँ स्मृति सभामा नेता श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नेतृत्व गर्ने शक्ति बनाउन आफूहरू लागि परेको बताएका हुन् । पाँच दलीय गठबन्धनलाई विभाजित गर्न खोज्नेहरूले विभिन्न षड्यन्त्र गरिरहेको उनको आरोप छ ।

‘प्रतिगमनविरुद्ध संघर्षको क्रममा जन्मेको यस गठबन्धनलाई प्रतिगामी खतरा कायम रहँदासम्म र प्रतिगमनलाई मलजल दिएर नेपालमा वैदेशिक हस्तक्षेप गर्न खोज्ने प्रवृति देखापर्दासम्म यसको विरुद्ध जुध्ने गरी कायम राख्न चाहन्छौँ,’ उनले भने ।

राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितलाई खण्डन पार्ने काम गर्न नहुने जिकिर गर्दै नेता श्रेष्ठले यसप्रति गठबन्धन सरकारलाई सचेत हुन पनि आग्रह गरे । उनले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसीलाई अगाडि बढाउन सकिने धारणा राखे । उनले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता विरुद्धको बुँदालाई संशोधन गरेर एमसिसी सर्वदलीय सहमतिमा पास गर्नुपर्ने बताए ।

उनले भने, ‘सहयोग लिने नाममा देशलाई ठेक्का लगाउने होइन बरू विकास गर्ने हो । केही बुद्धिजीवीले एमसिसी सम्झौता गरी देशलाई ठेक्का लगाउन लागेको भन्दै भ्रम फैलाउँदैछ, त्यस्तोलाई म प्रश्न गर्न चाहन्छु की देश विकास भनेको ठेक्का लगाउनु सरह हो भने, देशै विकास नगर्ने त ?’

नेता श्रेष्ठ एमसिसीमा कतिपय राष्ट्रिय स्वाधिनता र हित विपरीतका प्रावधानहरू रहेकोले तिनलाई सच्याएर मात्रै यसलाई पास गर्न सकिने धारणा समेत राखे । उनले यथास्थितिमा एमसिसीलाई अगाडि बढाउन नसकिने प्रष्ट गरे ।

शहीदनगर नगरपालिकाका मेयर उदयकुमार यादव बरबरियाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ साह, महेन्द्र पासवान, श्रवण बरबरिया, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णलगायतका दर्जनौं वक्ताहरूले शहीद सूर्यनाथ रान यादवको जिवनीमाथि आ-आफ्नो धारणा राखेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु