Information is intelligence
HomeSportsकोलकत्ता नाइट राइडर्सको बेग्लोरमाथि सानदार जित

कोलकत्ता नाइट राइडर्सको बेग्लोरमाथि सानदार जित

- Advertisement -spot_img

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रातिको खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेग्लोरमाथि सानदार जित निकालेको छ।

यूएईको अबुधाबी रंगशालामा भएको खेलमा टस हारेर फिल्डिङको अवसर पाएको कोलकत्ताले बेग्लोरमाथि ९ विकेटको जित निकालेको हो।

यता टस जितेर ब्याटिङ राजेको बेग्लोर एक ओभर बाँकी रहँदै पुरा विकेट गुमाएर ९२ रनमा समेटिएको थियो। बेग्लोरविरुद्ध कोलकत्ताका वरुण चक्रवर्ति र आन्द्रे रसेलले समान ३–३ विकेट गिराए भने लकी फग्र्युसन र प्रशिद कृष्णले २ र १ विकेट लिए।

पहिला पारीमा बेंग्लोरका देवदत्त पडिक्कलले २२, शृकर भाटले १६, हर्षल पटेलले १२ र ग्लेन म्यास्कवेलले १० रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झालायक प्रदर्शन नै गरेनन्।

यता जवाफी ब्याटिङमा कोलकत्ताका शुभमन गिल अर्थसतक बनाउन दुई रनले चुके भने भेङ्कटेस अयरले अविजित ४१ रन बनाए। उनीहरूले ८२ रनको साझेदारी गरेका थिए।

बेग्लोरका युजवेन्द्र चहलले एक विकेट गिराए। यो जितसँगै ७ खेलबाट छ अंक जोडेको कोलकत्ता तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। 

बेग्लोलोर १० अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष दुईमा रहेका चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटलको समान १२–१२ अंक छ। आईपीएलमा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्दैछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु