Information is intelligence
HomeEntertainment & Artsराज कुन्द्राले पाए जमानत

राज कुन्द्राले पाए जमानत

- Advertisement -spot_img

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई १९ जुलाईमा मुम्बाई अपराध शाखाले अश्लील फिल्म बनाएर एपमा रिलीज गरेको आरोपमा पक्राउ गरेको थियो। राज कुन्द्राले ५०००० को जमानत पाएका छन्।

राज कुन्द्रा विगत दुई महिनादेखि जेलमा थिए । १८ सेप्टेम्बरमा राज कुन्द्राले अदालतमा जमानत याचिका दायर गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । यसअघि राजको जमानत निवेदन धेरै पटक खारेज भएको थियो।

राज कुन्द्रा जमानत पाएपछि उनकी श्रीमती शिल्पा शेट्टीले सोशल मिडियामा पोस्ट गरेकी छिन् पति राज कुन्द्राको घर फर्केपछि शिल्पा शेट्टीले आफ्नो इन्स्टाग्राम स्टोरीमा इन्द्रेणीको तस्बिर साझा गरेकी छिन्। इन्द्रेणीको तस्बिरमा एउटा कोट छ जसमा क्याप्सन लेखिएको छ- “नराम्रो आँधी पछि आउने त्यो सुन्दर चिज हो इन्द्रेणी ।” उनले जिन्दगीमा घेरै उतार चढाव हुने गरेको बताएकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु