Information is intelligence
HomeBrandयती एयरलाइन्सको २३ वर्ष पूरा, के के सेवा दिँदै छ ?

यती एयरलाइन्सको २३ वर्ष पूरा, के के सेवा दिँदै छ ?

- Advertisement -spot_img

वायुसेवा कम्पनी यती एयरलाइन्स २४ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ सेप्टेम्बर २१ मा पहिलो उडान गरेको यतीले सोही दिनलाई वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।

२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्ण रूपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेका पाँच विमान बिक्री गरेको हो ।

यती एअरलाइन्सले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ ।

यतीले हाल पाँचवटा एटीआर विमानमार्फत नेपालगन्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनीसंस्था तारा एयरको चारवटा ‘ट्वीन–अटर’ विमानमार्फत दुर्गम हिमाली तथा पहाडी भागहरू लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुराजस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु