Information is intelligence
HomeShare Bazarलगातार ४ दिन घटेर आज बढेको नेप्सेमा यी हुन् सबै भन्दा धेरै...

लगातार ४ दिन घटेर आज बढेको नेप्सेमा यी हुन् सबै भन्दा धेरै कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से आज मङ्गलवार बढेको छ । नेप्से आज १३ दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको छ । 

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । आज दिनभर नेप्सेमा उतारचढाव रह्यो । 

आज कारोबार रकम पनि बढेको छ । दुई सय २३ कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । एक्सेल विकास बैंक र जानकी फाइनान्सको शेयर भने साढे तीन प्रतिशतले घटेको छ । 

धेरै कमाउने:

धेरै गुमाउने:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु