Information is intelligence
HomeSportsआईपीएल : राजस्थानको रोमाञ्चक जित

आईपीएल : राजस्थानको रोमाञ्चक जित

- Advertisement -spot_img

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित हात पारेको छ। दुबईमा मंगलबार राति सम्पन्न खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब पराजित बन्यो।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ४९ रन बनाए। यस्तै निकोलस पुरनले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए।

राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक/एक विकेट लिएका थिए।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाएका थिए।

यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रनमा आउट भएका थिए।पन्जाबका अर्शदीप सिंहले ५ विकेट लिएका थिए। मोहमद सामीले ३ विकेट लिए।

जितसँगै ८ खेलबाट ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा रहेको छ भने  सातौं स्थानको पन्जाबले ९ खेलबाट ६ अंकमात्र जोडेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु