Information is intelligence
HomePoliticsआज खड्काले परराष्ट्रमन्त्रीकाे शपथ लिँदै, आजै अमेरिका उड्ने

आज खड्काले परराष्ट्रमन्त्रीकाे शपथ लिँदै, आजै अमेरिका उड्ने

- Advertisement -spot_img

कांग्रेस नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्रीको शपथ लिने भएका छन्।

हिजाे (मंगलबार) बसेको सत्तारूढ गठबन्धन बैठकमा नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएकाे हाे ।

उनले आज पद तथा गोपनीयताको शपथ लिने नेता खड्काको सचिवालयले जनाएकाे छ । पद तथा गाेपनीयताकाे शपथ लिएपछि उनी आजै संयुक्त राष्ट्र संघकाे ७६ ‍‍औं महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नेछन् ।

महासभामा भाग लिन नेपालकाे तर्फबाट मन्त्री नहुँदा नराम्राे सन्देश जाने भएकाले तत्कालै नियुक्त गरी प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउन लागेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु