Information is intelligence
HomePoliticsरत्नपार्कमा बसेर सामान बाँडे जसरी ह्वारह्वार पदक वितरण गरिएको : ओली

रत्नपार्कमा बसेर सामान बाँडे जसरी ह्वारह्वार पदक वितरण गरिएको : ओली

- Advertisement -spot_img

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले रत्नपार्कमा बसेर सामान बाँडे जसरी ह्वारह्वार पदक वितरण गरिएको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।
मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेतशार्दुल सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सरकारले जथाभावी पदक वितरण गरेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् । न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेर उनीहरुको मुख थुन्न खोजेको ओलीको आरोप छ । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर सामान वितरण गरेजसरी पदक वितरण गर्दापनि विरोध नगरेको भन्दै उनले असन्तुष्टि ब्यक्त गरे ।
अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ ।
यस्तै, मंगलबार नै अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको गम्भिर आरोप लगाए ।
अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक पटक दोेहोर्याए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु